सुर्खेत । सुर्खेतको रत्न राजमार्गमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
वीरेन्द्रनगरको बसपार्कबाट पिपिरातर्फ जाँदै गरेको अहीले सम्म नम्बर नखुलेको कारले बुधबार राती तीनकुनेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का ७२ बर्षिया लोक बहादुर शाहीलाई ठक्करबाट घाईते भई मृत्यु भएको होृ ।
कारको ठक्करबाट घाईतेको बुधबार राती प्रदेश अस्पतालमा मृत्यु भएको छ । मृत्यु पश्चात आफन्तले कारको खोजी हुनुपर्ने भन्दै आज विहानबाट सडकमा अवरुद्ध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ठक्कर दिने कारको खोजी कार्य जारी रहेको जनाएको छ ।