क्रिकेट विश्वकपमा सन्दीपले भिसा आवेदन दिएपनि अस्वीकृत भएको सार्वजनिक

  ।   १० जेष्ठ २०८१, बिहीबार १०:५८

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले क्रिकेटर सन्दीप लामिछानेको केसबारे टिप्पणी गर्न नसकिने स्पष्ट पारेको छ ।

टी–२० क्रिकेट विश्वकपका लागि लामिछानेले भिसा आवेदन दिएपनि अस्वीकृत भएको सार्वजनिक भएपछि दूतावासले यस्तो प्रतिक्रिया दिएको हो ।

अमेरिकामा आयोजित टी–२० विश्वकपमा नेपाली टोलीको सहभागिताबारे आफूहरू अत्यन्तै उत्साहित रहेको बुधबार जारी दूतावासको प्रतिक्रियामा उल्लेख छ ।

सोहीअनुसार प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेको दूतावासको भनाइ छ ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौंस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेको पनि दूतावासको भनाइ छ ।

 

Next Post

कालिकोटमा बेलोरो गाडि दुर्घटना ७ घाईते उद्धारमा कठिनाइ 

१० जेष्ठ २०८१, बिहीबार १०:५८
कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को गाढ खोलामा दुर्घटना भएको हो । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको र घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै […]