मुख्य प्रशिक्षकमा भट्ट र योन्जन नियुक्त

  ।   १० भाद्र २०८१, सोमबार ०९:३१

राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो ।

२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

यस्तै भलिवलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए पछि भट्टलाई जिम्मेवारी दिईएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षमा नियुक्ती दिनु भएको हो । नियुक्ती पत्र बुझाउदै घिसिङले सम्वन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो ।

Next Post

कर्णालीमा दसौँ खेलकुद पूर्वाधार देखाएर अनिश्चिततातर्फ धकेल्दै सरकार

१० भाद्र २०८१, सोमबार ०९:३१
सुर्खेत । आगामी मङ्सिर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुने सम्भावना न्यून देखिएको छ । सरकार पक्षधरहरु नै प्रतियोगिता समयमा हुन नदिने खेलमा लागि परेको छन् । सरकार पक्षधर नेताहरु सदस्य सचिवलाई तर्साउन खेल पुर्वाधार पुरा नभएको र त्यसको सुनिश्चितता भएपछि पुनः […]