आगलागीमा परी एक जनाको मृत्यु

  ।   २० फाल्गुन २०८०, आईतवार ०४:१३

इनरुवा- सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। स्थानीय विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोपीमाया छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन्। कटुवालले आफैँले आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता)सम्बन्धी औषधि सेवन गर्दै आएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

-रासस

Next Post

विपन्न र सीमान्तकृत महिला किन पछि परेका छन् ?

२० फाल्गुन २०८०, आईतवार ०४:१३
यसवर्ष सन् २०२४ को अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा, यो अभियानले विश्वसमक्ष घोषणा गरेको नारा हो, ‘समावेशीलाई प्रेरित गर्नू ।’ संयुक्त राष्ट्र संघबाट यो वर्षका निम्ति नारी हकमा एउटा भावी परिवर्तनको कल्पना गर्दै कोरिएको छ– ‘कल्पना गरौँ, एउटा लैङ्गिक समानता भएको संसार, एउटा संसार जुन पक्षपात, लकिरको फकिर, र भेदभावरहित हुन […]

सम्बन्धित शीर्षक