अपडेट

जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

  ।   ५ मंसिर २०८३, शुक्रबार २०:५७

जगदिश शाही

जुम्ला ।जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकखण्डमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले चन्दननाथ नगरपालिका–७ निवासी अन्दाजी ४२ वर्षीय हेमबहादुर महतलाई ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको थियो। उपचारका क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको छ। ठक्कर दिने मोटरसाइकल भने जिल्ला प्रहरी कार्यालय, जुम्लाको नियन्त्रणमा रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

शिक्षादेखि आयआर्जनसम्म : १० विद्यालयसँग एसओएसको साझेदारी

५ मंसिर २०८३, शुक्रबार २०:५७
जगदिश शाही सुर्खेत । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ फलाटेस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा ५३ जना बालबालिकालाई न्यानो कपडा (हाइनेक) वितरण गर्नुका साथै अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गरिएको छ। विद्यालयका बाल क्लब अध्यक्ष जंगबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा एसओएस […]