अपडेट

कोप–३१ मा मन्त्री खड्काको सहभागिता : जलवायु वित्त, हरित पूर्वाधार र दिगो विकासमा जोड

  ।   २८ कार्तिक २०८३, शुक्रबार १६:४२

टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का क्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा प्रदर्शनीको अवलोकन गर्नुभएको छ।

मन्त्री खड्काले भियतनाम प्याभिलियनको अवलोकन गर्दै जलवायु परिवर्तन अनुकूल हरित भवन, वातावरणमैत्री यातायात, विद्युतीय सवारीसाधनको पूर्वाधार तथा खुद शून्य कार्बन उत्सर्जनतर्फ भियतनामले अघि सारेका नीति र योजनाबारे जानकारी लिनुभएको छ।

त्यसैगरी, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र बृहत् स्तरको जलवायु अनुकूलनबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित उच्चस्तरीय साइड इभेन्टमा समेत उहाँको सहभागिता रहेको छ।

जलवायु वित्तको उचित परिचालन, हरित पूर्वाधारको विकास, जलवायु उत्थानशीलता र दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव, प्रविधि तथा अभ्यासको आदानप्रदानलाई उहाँको भ्रमणले महत्व दिएको छ।

जलवायु न्याय, हरित विकास र सुरक्षित भविष्यका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको मन्त्री खड्काको भनाइ छ।

Next Post

२९ वर्षको गौरवपूर्ण इतिहास बोकेको दैलेख जेसीजबाट राष्ट्रिय नेतृत्वतर्फ प्रतिमा खड्काको उम्मेदवार

२८ कार्तिक २०८३, शुक्रबार १६:४२
दैलेख । सन् १९९७ मा स्थापना भएको दैलेख जेसीजले आफ्नो २९ वर्षको गौरवपूर्ण इतिहासमा पहिलोपटक महिलालाई राष्ट्रिय नेतृत्वको महत्वपूर्ण जिम्मेवारीका लागि अगाडि सारेको छ। दैलेख जेसीज वर्ष २०२५ की अध्यक्ष जेसी प्रतिमा खड्काले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएको छ। आफ्नो कार्यकालमा कुशल नेतृत्व, निरन्तर क्रियाशीलता र उत्कृष्ट […]

सम्बन्धित शीर्षक