डोल्पा कारागारबाट फरार दुई कैदी पक्राउ

  ।   १८ कार्तिक २०८३, मंगलवार १४:२५

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ। फरार कैदीको खोजीमा जुटेको प्रहरीले मंगलबार बिहान उनीहरूलाई बोलेरो जिपमा यात्रा गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार उनीहरूलाई आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट वडा नम्बर ९ राडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिपबाट पक्राउ गरिएको हो।

प्रहरीले चेकजाँच गर्ने क्रममा भाग्न खोजेपछि उनीहरूमाथि सोधपुछ गर्दा डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी भएको खुलेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी गोतामकोटमा राखिएको छ।

Next Post

कर्णाली सरकारका पाँच निर्णय: निवृत्तिभरण कोषदेखि खानेपानी विधेयकसम्म

१८ कार्तिक २०८३, मंगलवार १४:२५
सुर्खेत । कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारको निवारण तथा खानेपानी र सरसफाइसम्बन्धी कानुनी व्यवस्था गर्नेलगायत पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०८३ साल कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गर्दै पाँचवटा महत्वपूर्ण निर्णय गरेको हो। […]