‘शुभ कर्णाली’ बस सेवा सञ्चालनमा, रेफर भएका बिरामीलाई चितवन र काठमाडौंसम्म निःशुल्क यात्रा

  ।   १६ कार्तिक २०८३, आईतवार १४:५९

सुर्खेत । मध्यपश्चिम यातायात सेवा सुर्खेत प्रा.लि.ले स्लिपर र सोफा सिटसहितको सुविधासम्पन्न ‘शुभ कर्णाली’ बस सेवा सञ्चालनमा ल्याएको छ।

यात्रुहरूलाई सहज, सुरक्षित र आरामदायी यात्रा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त बसले सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेश अस्पताल र मेहलकुना अस्पतालबाट थप उपचारका लागि रेफर भएका बिरामीलाई चितवन र काठमाडौंसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ।

‘शुभ कर्णाली’ बस सेवाको प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले औपचारिक रूपमा शुभारम्भ गर्नुभएको हो।