अपडेट

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना मूल्याङ्कनमा जिल्लाको उत्कृष्ट बन्यो खाँडाचक्र

  ।   २९ असार २०८२, आईतवार २०:४३

कालिकोट । स्वास्थ्य सेवा मूल्याङ्कनमा खाँडाचक्र नगरपालिकालाई “जिल्लाको उत्कृष्ट स्वास्थ्य संस्था” घोषणा गरिएको छ । शनिबार कालिकोट जिल्लालाई औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणामा जिल्लाको उत्कृष्ट स्वास्थ्य संस्था खाँडाचक्रलाई गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय खोप समितिले स्वास्थ्य सेवा मूल्याङ्कनमा खाँडाचक्र नगरपालिकालाई “जिल्लाको उत्कृष्ट स्वास्थ्य संस्था” घोषणा गर्दै नगर प्रमुख कमल बहादुर शाहीलाई दोसल्ला ओढाएर सम्मान प्रमाणपत्र सहित सम्मान गरिएको हो।

नगर प्रमुख शाहीले भने,“स्वास्थ्य सेवा सबैको पहुँचमा पुगोस् भन्ने लक्ष्यका साथ काम गर्यौं। यो सम्मान सम्पूर्ण नगरवासी, स्वास्थ्यकर्मी र समर्पित टोलीको साझा सफलताको प्रमाण भएको ” उनले बताए ।खाँडाचक्रलाई दिनरात नभनी यो स्थान सम्म पुराउने सबै कर्मचारी जनप्रतिनिधिलाई विशेष धन्यवाद दिए ।

यसै अवसरमा खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर बिष्टलाई रु। ५,००० नगदसहित पुरस्कृत गरिएको छ। शाखा प्रमुख मानबहादुर विष्टले भने,“आगामी दिनमा स्वास्थ्य सेवामा अझ सुधार ल्याउने लक्ष्य लिएका छौं। यो उपलब्धि सबै स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासको नतिजा हो, जुन अझ सुदृढ गर्दै लाने बताए ।”

कार्यक्रममा , पचालझरना गाउँपालिका अन्तर्गत राम्नाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेव भद्र सेजुवाललाई उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा सम्मान गरिएको छ।

स्वास्थ्य सूचना, जनचेतना र सहकार्यमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकार महासंघ नेपाल, कालिकोट शाखालाई पनि सोही समारोहमा सम्मान गरिएको छ।

Next Post

ढुङ्गा प्रहारबाट एक युवक गम्भीर घाइते

२९ असार २०८२, आईतवार २०:४३
जुम्ला । जिल्लाको तिला गाउँपालिका–२ डुण्डेलीमा ढुङ्गा प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। आईतबार राति करिब ९ः३० बजे तिर भएको कुटपिट घटनामा ३० वर्षीय जंग बहादुर बोहरा गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका  अनुसार तिला गाउँपालिका–२ डुण्डेलीका ३२ वर्षीय रन्न बोहरा र २९ वर्षीय मानसिंह नेपालीले एक्कासी […]