अपडेट

ढुङ्गा प्रहारबाट एक युवक गम्भीर घाइते

  ।   ३० असार २०८२, सोमबार ०९:०६

जुम्ला । जिल्लाको तिला गाउँपालिका–२ डुण्डेलीमा ढुङ्गा प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। आईतबार राति करिब ९ः३० बजे तिर भएको कुटपिट घटनामा ३० वर्षीय जंग बहादुर बोहरा गम्भीर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका  अनुसार तिला गाउँपालिका–२ डुण्डेलीका ३२ वर्षीय रन्न बोहरा र २९ वर्षीय मानसिंह नेपालीले एक्कासी जंग बहादुर बोहरालाई ढुङ्गाले टाउकोमा प्रहार गरेका हुन्। घाइते बोहरालाई उनको श्रीमती विमला बोहराले राति ४ः३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याएकी थिइन्। हाल उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको बताइएको छ।

घटनाको जानकारी पाउनासाथ अनुसन्धान तथा खोजतलासका लागि प्रहरी चौकी रारालिहीबाट प्रहरी सहायक निरीक्षक ९प्र।ब।ह।० चन्द्र बहादुर थापाको कमाण्डमा चार सदस्यीय टोली घटनास्थलतर्फ खटिएको प्रहरी जनाएको छ।

घटना भएको स्थान प्रहरी चौकी रारालिहीबाट करिब ३ किलोमिटर पूर्व तथा जिल्ला प्रहरी कार्यालय, जुम्लाबाट करिब २८ किलोमिटर पश्चिममा पर्छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

सुर्खेतमा नक्कली नोट र अफिम कारोबार गर्ने ५ जना गिरोह पक्राउ

३० असार २०८२, सोमबार ०९:०६
सुर्खेत । नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले मिडिया हाउसको कार्यालयमा प्रहरीको गोप्य सूचनाका आधारमा गरिएको अपरेसनमा १३ लाख रुपैयाँभन्दा बढीको नक्कली नोट ३० किलोग्रामभन्दा धेरै अफिमजस्तो देखिने पदार्थ र नोट छपाइमा प्रयोग हुने उपकरणहरू बरामद गरिएको छ। प्रहरीका अनुसार, […]