अपडेट

लुटेराको कुटपिटबाट १ जनाको मृत्यु

  ।   २४ फाल्गुन २०८०, बिहीबार १६:११
साकेंतिक तस्बिर

सुर्खेत । बुधबार राती बाँकेमा चोरी गर्ने उदेश्यले घरभित्र पसेका लुटेराको कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको नजिकै रहेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा बुधवार राती करिब १ बजे पाँच सात जनाको समूहमा चोरी गर्ने उद्देश्यले छिरेका लुटेराहरुले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जानकरी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो घटनामा परि एक जना अझै घाइते छन ।उक्त घटनामा भएकी मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ । लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले थाहा पाएपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथी आक्रमण र कुटपिट गरिएको मृतक थारुकी साली बसन्ती चौधरीले बताईन् ।

प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार लुटेराहरुले परिवारलाई कुटपिट गरेर घाइते बनाई घरबाट दुई कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटरको दुरीमा यस्तो लुटपाट र हत्याको घटना भएकोले स्थानीयले सुरक्षा व्यवस्था प्रति विभीन्न प्रश्न उठाएका छन् ।

Next Post

बैंकबाट लिएको ऋण तिर्नहुन्न भन्नेलाई नियन्त्रण लिन्छौ मन्त्री पुनले

२४ फाल्गुन २०८०, बिहीबार १६:११
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेका नेपाल बैंकर्स संघका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नुहुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ […]

सम्बन्धित शीर्षक