७० वर्षीया महिलाको रहस्यमय मृत्यु, टाउकोमा धारिलो हतियार प्रहारको आशंका

  ।   ८ चैत्र २०८२, आईतवार १६:१३

जुम्ला । जुम्लामा एक ज्येष्ठ नागरिक महिलाको शंकास्पद मृत्यु भएको घटना बाहिर आएको छ। कनकासुन्दरी गाउँपालिका–४, साहुँबाडा निवासी ७० वर्षीया महेश्वरा सुनार आफ्नै घरमा गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन्। छिमेकीहरूले घटनाबारे जानकारी पाएपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा बिहान करिब ९ः४५ बजे उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्।

प्रहरीका अनुसार मृतकको टाउको र आँखामा गम्भीर चोटपटक देखिएको छ, जसले घटनालाई अझै शंकास्पद बनाएको छ। प्रारम्भिक जानकारीअनुसार टाउकोमा धारिलो वस्तु प्रयोग गरी आक्रमण गरिएको हुन सक्ने आशंका गरिएको छ।

घटनापछि जिल्ला प्रशासन र प्रहरी सक्रिय रूपमा अनुसन्धानमा जुटेका छन्। प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरी टोली घटनास्थल पुगेर प्रमाण संकलन तथा सत्यतथ्य पत्ता लगाउने कार्य अघि बढाइएको छ। दोषी पहिचान गरी कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीयवासीमा त्रास र चिन्ता बढाएको छ भने सुरक्षित समाज निर्माणका विषयमा पुनः गम्भीर प्रश्न उठाएको छ।

Next Post

कालीकोटमा विशेषज्ञ स्वास्थ्य सेवा पुनः सुरु, स्थानीयलाई ठूलो राहत

८ चैत्र २०८२, आईतवार १६:१३
कालीकोट । दुर्गम भेगका बासिन्दाका लागि सुखद खबर आएको छ। जिल्ला अस्पताल कालीकोटमा लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ, जसले स्थानीय स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वारा प्रदान गरिँदै आएको यो सेवा केही समयदेखि रोकिएको थियो। अब पुनः […]