कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका ३ को आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्धि गरियको छ । आधारभुत स्वास्थ्य केन्द्रका कर्मचारी करिब २ हप्ता देखि कार्यालय बिहिन भई कार्यालय सहयोगि द्धारा औषधि वितरण गरेको भन्दै स्थानियले ताला लगाएका हुन ।
सोमबार कर्णालि जेसिज बर्ष २०२५ अध्यक्ष तथा तिला कर्णालि बहुमुखी क्याम्पसका स्वबियु सचिव खगेन्द्र पाण्डेको नेतृत्वमा पुगेको स्थानियहरुको उपस्थितमा प्रेस बिज्ञप्ती टासेर तालाबन्धि गरियको हो ।
स्थानिय युवा खगेन्द्र पाण्डेका अनुसार खोकि लागेर टाउको दुखेको बिरामि औषधि लिन आएका नागरीकलाई कार्यालय सहयोगि द्वारा आइरन चक्कि वितरण गरेको पाईएकोले नागरीकको जिबनमा खेलवाड भएको पाइएको बताउनु भयो ।
उहाँले भन्नुभयो विरामि नागरीकलाई दुख दिनु राम्रो विषय होइन पावर र पहुच देखाउदै वडाका बिरामि नागरीलाई पटक पटक थर्काउने धम्काउने जस्ता क्रियाकलाब कर्मचारी बाट पहिले देखि नागरिकलाई सास्ति भोग्नु परेको बताउनुभयो ।
कर्मचारि कार्यालय समयमा नआउने सरकारले निशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहिलाई उपलब्ध नगराएको गुनासो प्रति हाम्रो ध्यानाकर्षण गर्दै तालाबन्धि गरिएको बताउनुभयो ।
नगरपालिकाका अधिकाङ्स वडा पालिकामा यसरि नै लापरबाहि गरेको आगामि दिनमा सबैलाई सचिन आग्रह गर्दै खबरदारि गरियको हो ।