ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेज अन्तर्गत विषयगत अनुसन्धान तालिम संचालन

  ।   २१ जेष्ठ २०८२, मंगलवार २०:४०

सुर्खेत । “ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेज अन्तर्गत विषयगत अनुसन्धान तालिम संचालन” भएको छ ।

आईतबार मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेज, डिन कार्यालयको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा विषयगत तिन दिने सकरात्मक अनुसन्धान तालिम संचालन भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रको विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमको प्रमुख आतिथ्यता एवं ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेजका डिन प्रा. डा. यमबहादुर कार्कीज्यूको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विशेष अतिथि रजिष्ट्रार प्रा. डा. शोभाखर कंडेल संस्थापक उपकुलपति प्रा. डा. पदमलाल देवकोटाको उपस्थितमा कार्यक्रम सन्चालन भएको हो ।
उद्घाटनमा उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यू लगायत अन्य विज्ञज्यूहरुले शैक्षिक अनुसन्धानका क्षेत्रमा विभिन्न प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा डीन, अन्य पदाधिकारी, प्राध्यापक तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Next Post

सान्नीत्रिवेणीमा शिक्षक–कर्मचारीले छोराछोरी सरकारी विद्यालय पढाउने प्रतिबद्धता

२१ जेष्ठ २०८२, मंगलवार २०:४०
कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाका शिक्षक–कर्मचारीले छोराछोरी सरकारी विद्यालय पढाउने प्रतिबद्धता जनाएका छन् । शैक्षिक सुधारका लागि गाउँपालिकाले सरोकारवालासँग गरेको छलफलमा यस्तो प्रतिबद्धता आएको हो । सार्वजनिक शिक्षामा अपनत्व र रेखदेख नपुगेको ठहर गर्दै पहिलो चरणमा गाउँपालिकाका सबै शिक्षक कर्मचारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता गरेको गाउँपालिका अध्यक्ष मोहनबहादुर […]