कालिकोटमा सुर्खेत जाँदै गरेको एम्बुलेन्स दुर्घटना २ मृत, २ घाइते

  ।   २५ चैत्र २०८२, बुधबार २१:५९

कालिकोट । जुम्लाबाट सुर्खेततर्फ उपचारका लागि जाँदै गरेको हिमा गाउँपालिकाको एम्बुलेन्स बुधबार कालिकोटमा दुर्घटनाग्रस्त हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ अन्तर्गत कर्णाली राजमार्गको मेघरखोला नजिक उक्त एम्बुलेन्स दुर्घटनामा परेको हो। एम्बुलेन्समा चालकसहित ४ जना सवार रहेका थिए।

स्थानीयका अनुसार दुर्घटनापछि तत्कालै उद्धार कार्य सञ्चालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कालिकोट, सशस्त्र प्रहरी बल तथा ट्राफिक प्रहरीको टोलीले घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल कालिकोटमा पुर्‍याएको हो।

उद्धारपछि २ जना कालिकोट जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । अस्पताल ल्याइएका मध्ये २ जना उपचाररत रहेको बताईएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको छ।

Next Post

कालिकोटमा एम्बुलेन्स दुर्घटना : २ जनाको मृत्यु, २ घाइतेको पहिचान खुल्यो

२५ चैत्र २०८२, बुधबार २१:५९
कालिकोट । कालिकोट जिल्लामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार जुम्लाबाट बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाँडाचक्र नगरपालिका–२ स्थित मेयर खोलानजिक सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको […]

सम्बन्धित शीर्षक