केन्द्रीय सदस्यमा पराजित पछि ठम्मर विष्टले गरे एमाले परित्याग

  ।   ४ पुष २०८२, शुक्रबार ०६:२३

सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले एमाले परित्याग गरेका छन्। उनले बिहीबार साँझ फेसबुकमार्फत वक्तव्य जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा गरेका हुन्।

कर्णाली प्रदेश भूगोलतर्फ उम्मेदवार बनेका विष्टले ८७५ मत मात्रै पाएपछि पराजय व्यहोरेका थिए। अध्यक्ष केपी शर्मा ओली समूहबाट टिकट पाउने अपेक्षा गरेका उनी अन्तिममा सूचीबाट बाहिरिएपछि ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए।

सुर्खेत निवासी विष्ट २०७४ मा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन्। तत्कालीन नेकपाको विवाद चर्किँदा प्रदेश सभा सदस्य पद त्यागेर एमाले प्रवेश गरेका उनले त्यस योगदानको कदर नभएको गुनासो गरेका छन्।

राजीनामा पत्रमा विष्टले अध्यक्ष ओलीसँगको भेटमा आफूलाई अपमानजनक व्यवहार गरिएको आरोप लगाएका छन्। साथै, एमालेभित्र अन्य दलबाट आएकालाई दोस्रो दर्जाको कार्यकर्ताजस्तो व्यवहार हुने, संस्थागत सूची र शक्ति प्रयोगमार्फत आफूहरूलाई पराजित गराइएको दाबी गरेका छन्।

नेतृत्व आदर्श र मूल्य–मान्यताबाट विचलित भएको निष्कर्ष निकाल्दै विष्टले एमालेसँग सम्बन्ध तोडेको बताएका छन् ।

Next Post

हिमपात नहुँदा मुगुका गाउँ उजाड, हिउँदे बाली संकटमा

४ पुष २०८२, शुक्रबार ०६:२३
रतन रावल मुगु । हिउँदको समय सुरु भइसके पनि हिमाली जिल्ला मुगुमा अहिलेसम्म हिमपात नहुँदा गाउँबस्तीहरू धुलाम्मे उजाड पहाड जस्तै देखिन थालेका छन्। बिहान–साँझ चिसो बढ्दै गए पनि अपेक्षित हिमपात नहुँदा हिउँदे बालीनाली सुक्दै जान थालेका छन्। मुगुको छायाँनाथ रारा नगरपालिका–८ झारी गाउँका कृषक रणबहादुर रावलका अनुसार, हिउँदमा लगाइने जौ […]

सम्बन्धित शीर्षक