अपडेट

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

  ।   ६ मंसिर २०८३, शनिबार ०९:३६

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकखण्डमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मंसिर ४ गते साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले चन्दननाथ नगरपालिका–७ निवासी अन्दाजी ४२ वर्षीय हेमबहादुर महतलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार रहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल जिल्ला प्रहरी कार्यालय, जुम्लाको नियन्त्रणमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Next Post

मध्यपश्चिम विश्वविद्यालयमा १२० नयाँ इन्जिनियरिङ विद्यार्थी भर्ना

६ मंसिर २०८३, शनिबार ०९:३६
जगदिश शाही सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङ स्नातक तहमा भर्ना भएका १२० जना नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ। विश्वविद्यालयको ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङअन्तर्गत सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागले शुक्रबार नवआगन्तुक विद्यार्थीका लागि कार्यक्रम आयोजना गरेका हुन्। शैक्षिक सत्र २०८३/०८४ का लागि भर्ना भएका विद्यार्थीमध्ये बीई सिभिल […]