अपडेट

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १४९ जना घाइते

  ।   ३० कार्तिक २०८३, आईतवार १७:०२

सुर्खेत । कात्तिक २८ को पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार तनहुँ, नुवाकोट, झापा, उदयपुर, बर्दिया र बाँकेलगायत जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा मानवीय क्षति भएको हो। दुर्घटनामा मोटरसाइकल, कार तथा अन्य सवारीसाधन संलग्न रहेका छन्।

दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको थियो। केहीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा बढ्दो मानवीय क्षतिले सडक सुरक्षाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ। प्रहरीले चालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गति नियन्त्रण गर्न र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

Next Post

मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

३० कार्तिक २०८३, आईतवार १७:०२
मुगु । मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडक खण्डमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप शनिबार अचानक सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

सम्बन्धित शीर्षक