अपडेट

राप्रपा सुर्खेतमा बिबाद : युवा संगठनद्धारा पार्टी कार्यालयमा तालाबन्धि

  ।   ५ श्रावण २०८२, सोमबार १७:५८

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतमा बिबाद देखिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले, सोमबार पार्टी कार्यालय सुर्खेतमा तालाबन्धि समेत गरेको छ ।

पुरा भिडियो:

केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका नेता मुकुन्द श्याम गिरीमाथि केन्द्रले कारवाही गरेपछी पार्टी कार्यालय सुर्खेतमा तालाबन्दी गर्ने क्रममा बिबाद देखिएको हो । राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णाली प्रदेशका वरिष्ठ युवा नेता, सहप्रवक्ता, मुकुन्द श्याम गिरीमाथि गरिएको राजनीतिक पूर्वाग्रहयुक्त गिरफ्तारीको भर्त्सनागर्दै युवा संगठनले तालाबन्धि गरेको छ ।

विज्ञप्तिमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, सुर्खेतले जारी गरेको हो ।  मुकुन्द श्याम गिरिलाई गरिएको गिरफ्तारीको विरोध गरिएको छ।

मुकुन्द श्याम गिरीलाई अन्यायपूर्वक गिरफ्तार गरिएको भनी ठहर गर्दै विरोध गरिएको छ। गिरफ्तारीको विरोधमा कर्णाली प्रदेश सुर्खेतका जिल्ला कार्यसमितिका पदाधिकारी र युवाहरुले संगठित रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन्।  कानूनी प्रक्रिया बेगर र बिना कारण आरोप लगाएर पक्राउ गरिएको भनी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा १२ जना पदाधिकारी सदस्यहरूको नाम र हस्ताक्षर छ । कर्णाली प्रदेश अध्यक्ष अर्जुन पुरी र सुर्खेत जिल्ला अध्यक्ष विवेक गिरी लगाएतको नेतृत्वमा तालाबन्धि भएको छ ।

 

Next Post

खाँडाचक्र ४ चिउरेलामा सुविधा सम्पन्न प्रसुती गृह उद्घाटन

५ श्रावण २०८२, सोमबार १७:५८
कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.  ४ चिउरेलामा बर्थिङ सेन्टर प्रसुती गृहको उद्घाटन गरिएको गरिएको छ । खाँडाचक्र नगरपालिकाको प्रसुती गृह निर्माणमा आई.एन.एफ. नेपालले बर्थिङ सेन्टरमा चाहिने सम्पुर्ण उपकरण सामाग्री वितरणमा उद्धघाटन गरिएको हो । सोमवार एक कार्यक्रमका विच प्रसुती गृहको नगर प्रमुख कमल बहादुर शाहिले उद्घाटन गरेका हुन्  […]