नरहरिनाथले किसानलाई गोठालो भत्ता दिदैँ

  ।   २६ बैशाख २०८१, बुधबार १३:३८

कालीकोट । नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक एक हजार रुपैयाँ प्रदान गरिने जानकारी दिनुभएको छ।

गोठालो भत्ता कार्यविधि अनुसार चार वटा भैँसी, ३० वटा बाख्रा र ४० वटा भन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ । युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताउनुभयो । “गाउँमा गोठालोलाई हेयका दृष्टिले हेरिन्छ” “भत्ताले गोठालोको सम्मान गर्नेछ, बोहराले भन्नुभयो ।”

“नरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना छ । यहाँ धेरै भैँसी तथा भेडाबाख्रापालक किसान छन्, उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको  बोहराले भन्नुभयो ।

Next Post

विश्वकै अग्लो स्थानमा धान रोपाइँ महोत्सव सम्पन्न

२६ बैशाख २०८१, बुधबार १३:३८
जुम्ला । विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने परिचय पाएको जुम्लाको छुमज्युलोमा मार्सीधानको संरक्षण, उत्पादन बृद्धि तथा खेतीमा किसानलाई हौस्याउन वर्षेनी महोत्सव हुँदै आएको छ । जुम्लाको पातारासी गाउँपालिका वडा नं. ३ स्थित छुमज्युलोमा रोपाइँ महोत्सव सम्पन्न भएको छ । जिल्ला कृषि विकास कायर्यालय जुम्लाको आयोजनामा धान दिवस तथा रोपाइँ […]