कालिकोट । युद्ध पर्यटकीय क्षेत्र पिलिमा हुने अनेरास्ववियू (क्रान्तिकारी) १४औं जिल्ला सम्मेलन तयारी पूरा भएको छ ।
नेकपा (माओवादी) केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) कालिकोटको जिल्ला सम्मेलन जनयुद्धको अन्तिम लडाइ भएको ठाउँ युद्ध पर्यटकीय क्षेत्र पिलिमा हुने भएको छ ।
जिल्ला सम्मेलनमा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष अम्मर जंग शाहि प्रमुख अथिती रहने अखिल (क्रान्तिकारी) कालिकोट जिल्ला संयोजक खगेन्द्र मल्लले बताए ।
कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाही लगाएतका नेताहरुको बिशेश उपस्थिति रहने संयोजक मल्लले बताए ।
सो सम्मेलनमा जिल्लामा रहेका ९ वटा पालिका र ३ वटा क्याम्पस बाट प्रतिनिधिहरु आउनेछन भने सयौंको संख्यामा बिद्यार्थीहरु उपस्थित रहने छन ।
चैत ११ गते बिहान ११ बजे जिल्ला सम्मेलन उद्घाटन र १२ गते बन्द सत्र बाट नयाँ नेतृत्व चयन हुने अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मनसिहं शाहीले जनाएका छन ।