अपडेट

अछाममा छाउगोठमा ढुङ्गाले किच्दा आमा–छोरीसहित दुईको मृत्यु, एक घाइते

  ।   १३ भाद्र २०८२, शुक्रबार १२:५८
साकेंतिक तस्बिर

अछाम । अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुङ्गाले किचेर मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारी आज बिहान भीरबाट खसेको ढुङ्गाले किचिँदा घटनास्थलमै ज्यान गुमाएका हुन्।

उक्त घटनामा कविताकी आमासमेत घाइते भएकी छिन्। उनको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान तथा उद्धारका लागि प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

Next Post

नेकपा (एकीकृत समाजवादी) महासचिव भुसाल जापान प्रस्थान, प्रवासी अधिवेशनलाई सम्बोधन गर्ने

१३ भाद्र २०८२, शुक्रबार १२:५८
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा पूर्व कृषि मन्त्री घनश्याम भुसाल शुक्रबार जापानतर्फ प्रस्थान गरेका छन्। आगामी आइतबार (अगस्ट ३१)टोकियोमा हुने प्रवासी नेपाली एकता मञ्च, जापानको तेस्रो राष्ट्रिय अधिवेशनमा सहभागी हुन उनी जापान गएका हुन्। अधिवेशनमा उनले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ। […]