अपडेट

नेकपा (एकीकृत समाजवादी) महासचिव भुसाल जापान प्रस्थान, प्रवासी अधिवेशनलाई सम्बोधन गर्ने

  ।   १३ भाद्र २०८२, शुक्रबार १३:२९

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा पूर्व कृषि मन्त्री घनश्याम भुसाल शुक्रबार जापानतर्फ प्रस्थान गरेका छन्।

आगामी आइतबार (अगस्ट ३१)टोकियोमा हुने प्रवासी नेपाली एकता मञ्च, जापानको तेस्रो राष्ट्रिय अधिवेशनमा सहभागी हुन उनी जापान गएका हुन्। अधिवेशनमा उनले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ।

पत्रकार अमिर पाण्डेका अनुसार भुसाल थाई एयरवेजमार्फत बैंकक हुँदै जापान पुग्ने तय भएको छ। टोकियो आइपुगेपछि उनले विभिन्न प्रवासी नेपाली संघ–संस्था, पेशागत समूह र बौद्धिक समुदायसँग पनि भेटघाट तथा छलफल गर्ने तयारी भएको छ।

“महासचिव भुसालको यसपटकको जापान यात्रा केवल अधिवेशनमा उपस्थितिमात्र नभई प्रवासी नेपालीबीच संगठनलाई थप सुदृढ बनाउने सन्देश दिने अवसर पनि हो,” आयोजक समितिका संयोजक सञ्जय सिलवालले बताए।

यसैबीच, पार्टी पोलिटब्युरो सदस्य सुदेश पराजुली भने विशेष अतिथिका रूपमा सहभागी हुनका लागि अगस्ट २३ मै जापान पुगेका थिए।

अधिवेशन टोकियोको सिन–ओकुबोस्थित होटल सोलमारीको सभाकक्षमा हुनेछ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र प्रवासी नेपालीहरूको संगठनात्मक सशक्तिकरणका विषयमा रणनीति तय गर्ने तयारी गरेको छ।

Next Post

अब बालबालिकाको उज्यालो भविष्य : तिला–८ बालमैत्री र पोषणमैत्री वडा घोषणा हुँदै

१३ भाद्र २०८२, शुक्रबार १३:२९
जुम्ला। जुम्लाको तिला गाउँपालिका–८ अब बालमैत्री र पोषणमैत्री वडा घोषणाको पर्खाइमा छ। आवश्यक सबै सूचक पूरा भइसकेपछि आगामी भदौ २५ गते औपचारिक रूपमा घोषणा गर्ने तयारी भएको हो। यो अभियान तिला गाउँपालिका र किर्डाक नेपालको साझेदारीमा अघि बढाइएको हो। विद्यालय, स्वास्थ्यचौकी, बालक्लब, अभिभावकदेखि जनप्रतिनिधिसम्मको सक्रिय सहभागिताले वडालाई बालमैत्री र पोषणमैत्री […]