कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका – २ मा रहेका अति विपन्न अनाथ दलित समुदायका बालबालिकालाई खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका प्रकश विष्ट र उनकी श्रीमती भावना वश्याल विष्ट सोमींको व्यक्तिगत एक लाख पचास हजार बराबरको तल्ताकपडा र खाद्यान्न वितरण गरिएको हो ।
सो सहयोग कुल प्रसाद भट्टराईको सहकार्यमा सानै उमेरमा घरमा आमा, बुवा गुमाएर साहाराको खोजिमा रहेका उक्त परिवारलाई केही राहत होस् भन्ने उद्देश्यका साथ उनीहरुलाई लत्ताकपडा र खाद्यान वितरण गरिएको हो । उक्त परिवारलाई शिरक डस्ना चार सेट,चामल दश बोरा, दाल चार बोरा,तेल एक पेटी, नुन,देखि दैनिक उपभोग्य सामान वितरण गरिएको छ । सानै उमेरमा आमा बुबा गुमाएका उक्त परिवारमा खाना र बस्नको समस्या देखेपछि अभियान्ता भट्टराईले सोमि सामु पहल गरेर सामाजिक सानो सहयोग भएको स्थानिय बताउछन् ।
खाँडाचक्र नगरपालिका–२ का हसिंगे दमाईको छ वर्षअघि मृत्यु भएको थियो र दुई वर्षअघि उनकी पत्नी जसुदा दमाईको पनि मृत्यु भयो । हसिंगे र जसुदा दमाईबाट जन्मिएका चार सन्तान मध्ये तिन सन्तान साहाराको खोजीमा छन् । उनलाई सामाजिक अभियन्ता विष्ट र शोमीले अति आवश्यक दैनिकी उपभोग्य सामान लत्ताकपडा,खाध्यन्न सहयोग गरेका हुन् ।
अति विपन्न,अनाथ तथा दलित समुदायका बालबालिकाका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्दै शोमिले आफु दुई महिनाको सुत्केरि हुदाँ यस्तो नाजुक अबश्था देख्दा लालुदेखि आएर सहयोग गरिएको बताउनुभयो । १३ वर्षीय बालक दिनेश परिवारका आमा–बुवा गुमाएर साहाराको खोजीमा रहेका तिन दिदि भाईलाई केही राहत होस् भन्ने उद्देश्यका साथ उनीहरुलाई खाद्यान वितरण धेरै नसकिय पनि सानो सहयोग गरिएको निर्मल बिष्टले बताउनुभयो ।
दिनेश परिवार र स्थानियले सहयोग लत्ताकपडा र खाद्यान्न बुझ्दै सहयोग गर्नेलाई धन्यवाद दिदैँ सो घरमा साना भाई बहिनीहरु सुस्तमनस्तीथि भएको र परिवारलाई भने सानै उम्मेरमा आमा बुवाको निधन भएपछि र दिदिहरुले पनि पोहिली घर गएपछि निकै समस्यामा रहेको गुनासो गरे ।