कालिकोट, पिली । जनयुद्धको अन्तिम र ऐतिहासिक स्थल पिली, कालिकोटमा नेकपा (एकीकृत समाजवादी) प्रदेश सभा (क) क्षेत्रको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। खाँडाचक्र नगरपालिका–७ स्थित पिलीको प्रख्यात युद्धभूमिमा सम्पन्न उक्त कार्यक्रममा कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र पुरी प्रमुख अतिथि थिए ।

कार्यक्रम नेकपा एस कालिकोट क्षेत्र (क) का अध्यक्ष कम्ब बहादुर शाहीको अध्यक्षतामा भएको हो । विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य विजया बिष्ट, अतिथि प्रदेश पार्टी सचीव धिर बहादुर बिष्ट, जिल्ला अध्यक्ष चित्रसिंह गाउँले,प्रदेश कमिटी सदस्य, जिल्ला समिति पदाधिकारीहरू, सदस्यहरू तथा स्थानीय अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको हो ।

शुक्रबार भएको कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले पिली क्षेत्रको ऐतिहासिक र राजनीतिक महत्त्वमाथि प्रकाश मात्र पारेनन्, यसलाई युद्ध पर्यटन को सम्भावनासहित विकसित गर्न पार्टीको नीतिगत भूमिका पनि स्पष्ट पारे ।

प्रमुख अतिथि प्रदेश अध्यक्ष पुरिले कालिकोट जिलाको मात्र नभई कर्णाली प्रदेशकै पिली इतिहासको अन्तिम लडाइँ र भविष्यको नयाँ गन्तव्य भएको बताए ।

अध्यक्ष पुरिले २०६२ साल भदौ १० गते पिलीको जंगलमा भएको माओवादी–राज्य सेनाबीचको निर्णायक युद्धलाई गणतन्त्र स्थापनाको मोडको रूपमा लिइन्छ। यो युद्धमा थुप्रै लडाकुहरूले ज्यान गुमाए, घाइते भए वा हराइरहे – र यसले सशस्त्र संघर्षको अन्त्यतर्फ दिशा दिएको बताए ।

खाँडाचक्र नगरपालिका उपप्रमुख भइ स्थानीय सरकारमा हुँदा आफुहरुको पालामा सुरुवात भएको काम बताउदै केन्द्रिय सदस्य बिष्टले पछिल्ला वर्षहरूमा पिलीलाई जीवित इतिहास संग्रहालयूको रूपमा विकास गर्न स्थानीय सरकार, पर्यटनकर्मी, मानव अधिकारकर्मी सक्रियता देखिँदै आएको छ। पदमार्ग, स्मृति स्तम्भ, संग्रहालय, यात्री बासलगायत पूर्वाधार विस्तार हुँदै गइरहेको बताइन ।


“पिली हाम्रो मात्र इतिहास होइन, देशकै सम्पत्ति हो। यसलाई चिनाएर पर्यटनको ढोका खोल्नुपर्छ।” प्रदेश पार्टी सचिव बिष्टले बताए ।

तेस्तै जिल्ला अध्यक्ष गाउँलेले पिली अब केवल विगतको युद्धस्थल होइन, भावी पुस्तालाई इतिहास, शिक्षा र पर्यटनको संगम दिने सम्भावनायुक्त गन्तव्य बन्दैछ तेसैले हामीले कालिकोट जिल्लाका अधिकासं स्थानीयको समस्या ज्ञापनपत्र बुझाएको र लागु गर्न अबका दिनमा सरकारलाई दबाब दिनुपर्ने जोड दिए ।

सो कार्यक्रम संचालन पार्टी सचीव कृष्णकला पाण्डेले गरेकी हुन ।













