कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल छुदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
राष्ट्रिय प्रसारण लाइन पुगेको करिब एक महिना भयो तर लालुमा शनिबार बिहान घरनजिकै सायक पोल निकाल्ने क्रममा मेनलाइनको तार छुदा उक्त घटाना भएको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमल कुमार शाहले बताउनु भयो । उक्त हटाउनामा परि स्थानीय नरहरिनाथ गाउँपालिका – ८ लालुका अन्दाजी ४५ वर्षीय केशव थापा र अन्दाजी २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको हो।
उपाध्यक्ष शाहका अनुसार उक्त ठाउँमा ‘घरनजिकै रहेको पोल निकाल्ने क्रममा साहेक पोलले मेन पोलको करेन्ट तार छोएको हुदा उक्त पोल छुदाँ मृत्यु भयो,’ केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक रहेको बताए ।
त्यहाँको घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालयकाको टोलि आउन बाकी रहेको बताए । उक्त घटनाको अनुसन्धान सत्य तथ्य होस र पीडितले चाडो न्याय दिनु पर्ने उपाध्यक्ष शाहले बताए ।