बालविवाह न्यूनिकरण गर्न चुनौती उमेर नपुगी विवाह गर्नेको तथ्यांक कर्णालीमा डरलाग्दो

  ।   २० पुष २०८१, शनिबार १७:३२

सुर्खेत । बालविवाह न्यूनिकरण गर्न चुनौती देखिएको पाइएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण बालविवाह हुनेगरेको जनाइएको हो । वीरेन्द्रनगरमा आयोजित बालविवाह न्युनिकरणमा पत्रकारको भूमिका विषयेक कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । बालविवाह न्यूनीकरणका लागि कर्णालीमा धेरै कार्यक्रम तथा अभियान थालिए पनि अवस्था भने ज्यूँका त्यूँ रहेको पाइएको छ । बर्सेनिरूपमा बालविवाह बढिरहेको पाइएको बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रलदेशका संयोजक चेतन गिरीले बताए ।

 

पुरुष र महिला दुवैका लागि विवाह गर्न २० वर्ष उमेर पुग्नुपर्छ । उमेर नपुगी विवाह गर्नेको तथ्यांक कर्णालीमा डरलाग्दो रहेको उनको भनाइ छ । बालविवाह न्यूनिकरण नहुनुको प्रमुख कारण गरिबी र अशिक्षा रहेको पाइएको सहभागिहरुको भनाइ थियो । कर्णालीमा ३७ प्रतिशत बालविवाह कर्णाली प्रदेशमा बालविवाहको अवस्था दयनीय छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार कर्णालीमा १८ वर्षभन्दा कम उमेरमा नै विवाह हुनेको संख्या ३७ दशमलव नौ प्रतिशत रहेको छ ।

सल्यानमा ४३ दशमलव तीन, रूकुमपश्चिममा ४२ दशमलव तीन, जाजरकोटमा ४० दशमलव आठ, सुर्खेतमा ३८ दशमलव सात, मुगुमा ३५ दशमलव नौ, डोल्पामा ३२ दशमलव एक, हुम्लामा ३३ दशमलव सात, जुम्लामा ३४ दशमलव सात, दैलेखमा ३५ दशमलव दुई, कालीकोटमा २८ दशमलव एक प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । गरिबी, धार्मिक, सामाजिक दवाव र शिक्षाको अभावका कारण कर्णालीमा बालविवाहको डरलाग्दो तथ्यांक सार्वजनिक भएको हो ।

मुख्यतयाः ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी देखिएको छ । कतिपय सामाजिक तथा धार्मिक विश्वासका आधारमा बालविवाहलाई मान्यता पनि दिने गरिएको तथ्यांकमा उल्लेख छ । भएन कानुनको पालना नेपालको संविधानको धारा ३९ मा रहेको बालबालिकाको हकमा बालविवाह गर्न नपाइने व्यवस्था छ । धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न बन्धक बनाउन पाइने छैन भन्ने व्यवस्था छ । यो उपधारा विपरीतका कार्य दण्डनीय हुने व्यवस्था पनि संविधानमा नै छ । स्थानीय सरकारले समेत बालविवाह न्यूनिकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिरहेको छन् । तरपनि कार्यक्रम र अभियान प्रभावकारी बन्न सकेका छैनन् ।

 

Next Post

देशभर एकै साथ जलपंछी गणना सुरु

२० पुष २०८१, शनिबार १७:३२
कञ्चनपुर। देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म(पुस २0 गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको […]

सम्बन्धित शीर्षक