महिला स्वास्थ्य स्वयंसेविकाको घाँस काट्दै गर्दा लडेर मृत्यु

  ।   ८ फाल्गुन २०८१, बिहीबार १८:४२
साकेंतिक तस्बिर

जाजरकोट । जाजरकोटमा महिला स्वास्थ्य स्वयंसेविकाको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ ।

कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको हो ।

आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

जाजरकोटको कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो ।

Next Post

अमर अधिकारीको रचनामा स्वर्गद्वारी भजन रेकर्डिङ हुँदै

८ फाल्गुन २०८१, बिहीबार १८:४२
काठमाडौं  । साहित्यकार तथा लेखक अमर अधिकारीको रचनामा स्वर्गद्वारी प्रभुमहाराजको भजन रेकर्डिङ हुनेभएको छ। पुर्ख्यौली थलो दाङ रहेकी वरिष्ठ गायिका चन्द्रकला शाह र दाङमै जन्मिएका सन्तोष श्रेष्ठको स्वर रहने उक्त भजनमा सङ्गीत सन्तोष श्रेष्ठकै रहने छ। सो सम्बन्धमा हिजो तीनजनाको छलफलबाट भजन रेकर्डिङ गर्ने निचोडमा पुगेको बताइएको छ। गायिका चन्द्रकला […]