अपडेट

पेट्रोलीयम पदार्थको मूल्य बढ्यो

  ।   १९ चैत्र २०८०, सोमबार २०:५१

काठमाडौं। नेपाल आयल निगमले बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।

भारतले पठाएको नयाँ मूल्य सूची अनुसार आइतबार पेट्रोलको मूल्य ४ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२.५० रुपैयाँ पुगेको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

Next Post

कर्णालीमा एमालेलाई मुख्यमन्त्रीमा समर्थन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

१९ चैत्र २०८०, सोमबार २०:५१
काठमाडौं । कर्णाली प्रदेश कार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । यता मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेका छन् । स्रोतका अनुसार उनले माओवादी कर्णाली इञ्चार्ज कालीबहादुर मल्ललाई टेलिफोन गरी गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्रीका एमाले उम्मेदवारलाई सहयोग र समर्थन गर्न निर्देशन दिएका […]