रैथाने कृषि उपज र माटो संरक्षणमा मुख्यमन्त्री शाहीको जोड

  ।   १५ कार्तिक २०८३, शनिबार १८:४१
Screenshot

जगदिश शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको माटोको उर्वराशक्ति कायम राख्दै परम्परागत रैथाने कृषि उपज तथा बीउबिजनको संरक्षण गर्नुपर्ने बताएका छन् ।

कृषि अनुसन्धान केन्द्र, दशरथपुरको निरीक्षण भ्रमणपछि केन्द्रका अधिकारीहरूसँग शनिबार भएको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीको कृषि पहिचानसँग जोडिएका रैथाने बाली तथा बीउबिजनको संरक्षण आवश्यक रहेको बताएका हुन् ।

उनले माटोको उर्वराशक्ति र परम्परागत कृषि उपजको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

कर्णालीमा उत्पादन हुँदै आएका रैथाने बाली तथा स्थानीय बीउबिजनको संरक्षणसँगै कृषि अनुसन्धान र प्रवर्द्धनका गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने विषयलाई समेत छलफलमा महत्त्व दिइएको छ।

कर्णाली प्रदेशमा स्थानीय तथा लोपोन्मुख बालीको संरक्षण, प्रवर्द्धन र उपयोगलाई कृषि क्षेत्रको महत्त्वपूर्ण विषयका रूपमा लिइँदै आएको छ।

Next Post

‘शुभ कर्णाली’ बस सेवा सञ्चालनमा, रेफर भएका बिरामीलाई चितवन र काठमाडौंसम्म निःशुल्क यात्रा

१५ कार्तिक २०८३, शनिबार १८:४१
सुर्खेत । मध्यपश्चिम यातायात सेवा सुर्खेत प्रा.लि.ले स्लिपर र सोफा सिटसहितको सुविधासम्पन्न ‘शुभ कर्णाली’ बस सेवा सञ्चालनमा ल्याएको छ। यात्रुहरूलाई सहज, सुरक्षित र आरामदायी यात्रा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त बसले सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेश अस्पताल र मेहलकुना अस्पतालबाट थप उपचारका लागि रेफर भएका बिरामीलाई चितवन र काठमाडौंसम्म […]

सम्बन्धित शीर्षक