कविता – टाँगेलौरोमा बग्गी सवार

  ।   १२ कार्तिक २०८३, बुधबार २०:३७

कविता – टाँगेलौरोमा बग्गी सवार
बचपन उतैकतै
बसेको छ जस्तो लाग्छ
गिट्टीबल र टाँगे लौरो संग
कबटी दौडको होडबाजी हेर्दै
गिट्टीबल हानेर भत्किएका
भग्नावशेष पुननिर्मित गर्न
बचपन खेलाउदा खेलाउदा
जिन्दगीको सुदुर यात्रा
तेतै कतै थामिन पुगेछ
समय फेरी फर्केर पुग्दैन भन्ने
जानकार हुदाहुदै
बेगन्ती अभिलाषा
उतैउतै भागी रहन्छन्
अब फर्केर पनि पुग्न छैन
गिट्टीबल संगको जमातमा
टाँगे लौरोको बग्गी सवार गरेर
कबडिको दौडमा
किनकी सौँराइका अल्पपला
गोठेरी पार्दै बचपनलाई पुगाउनु छ
नासो बनाएर गिट्टीबलहरु
नाम्जोमा बेरे जसरी
जिन्दगीको सुदुर यात्रामा
कोही कसैलाई भेटाउन।।

दीर्घ बहादुर शाही (डोक्काघरे)

सम्बन्धित शीर्षक