काठमाडौं। सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।
प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो । महासचिव पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।