पत्रकार महासंघ कर्णाली केन्द्रीय सदस्यमा तुलाराम पाण्डेको उम्मेदवारी

  ।   २३ मंसिर २०८१, आईतवार १५:१६

कालिकोट । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवारी तुलाराम पाण्डेले दिएका छन।

पाण्डेको पत्रकारिता सुरु २०५३ साल बाट सुरु गर्नुभएको हो । २०५६ सालमा काठमाडौ वातावरण पत्रकार समाजबाट प्रकाशित वातावरण साप्ताहिकको संवाददाता हुँदै विशेष सम्वाददाता, २०५८सालमा साथी सहारा साप्ताहिकमा अतिथि सम्पादक, कान्तिपुर राष्टिय दैनिकमा २०५९साल देखि हाल सम्म कार्यरत कान्तिपुर दैनिकको उपसम्पादक,पत्रकारिता क्षेत्रमा योगदान गरे वापत उत्कृष्ट कर्णाली प्रदेश पत्रकारिता पुरस्कार २०८१,गौरी स्मृति पत्रकारिता,यदु स्मृति पत्रकारिता पुरस्कार, कान्तिपुर उत्कृष्ट जिल्ला संवादाता सम्मान २०७२, राष्ट्रिय खानेपानी तथा सरसफाई पुरस्कार, सुबास दर्नाल पत्रकारिता पुरस्कार लगायत दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेकाछन् ।

बालअधिकार राष्टिय पुरस्कारसहित भिन्न संस्था तथा कार्यालयबाट सम्मान प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ कालिकोट तदर्थ समितिको सभापति २०६१सालमा नेपाल पत्रकार महासंघ कालीकोट शाखाको संस्थापक अध्यक्ष २०६४ साल देखि २०६७साल सम्म नेपाल पत्रकार महासंघ कालिकोट शाखाको पुन२०७४ साल देखि ०७७ सम्म अध्यक्ष हुनु भएको थियो । उहाँको अध्ययन स् एसएलसी पञ्चदेव मा।वि मान्म कालिकोट , प्रवीणता प्रमाणपत्र तह आर। आर क्याम्पस काठमाडौ, स्नातक तह त्रिचन्द्र क्याम्पस काठमाडौँ, स्नाकोत्तर सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत बाट गर्नु भएको छ। अहिले पनि उहाँको पेशा सक्रिय पत्रकारीता नै हो ।

.  तुलाराम पाण्डेको महासंघको केन्द्रीय सदस्यमा नै उम्मेद्वारी किन त रु
नेपाल पत्रकार महासंघ कालिकोट शाखाको अध्यक्ष भएर श्रमजीवि पत्रकारहरुको हकमा केही उदाहरणीय काम गर्ने सोच बनाएको थिए। तर जिल्ला को अध्यक्ष भएर केही गर्ने सकिने रहेनछ त्यसका लागि केन्द्रमा नै पहुँच हुनु पर्ने रहेछ ।त्यसैले गर्दा मैले केन्द्रीय सदस्यमा कर्णाली बाट उम्मेद्वारी दिएको हुँ । कर्णाली र कालिकोट जिल्लाका श्रमजीवी पत्रकारहरुको हकअधिकार का लागि मेरो ऐक्यबद्धता रहनेछ ।अहिलेको अवस्थामा श्रमजीवि पत्रकारको दिर्घकालिन रुपमा आर्थिक र भौतिक सुरक्षा हुन कठिन छ । संचार गृहले दिने आर्थिक सुविधाले श्रमजीवि पत्रकारको दिर्घकालिन समस्या समाधान गर्न सक्दैन र संचार गृह पनि धौ धौ चलाउनु पर्ने अवश्थामा छन् । यस्ता समस्याको समाधान पत्रकार महासंघ मार्फत गर्न सकिन्छ भन्ने मेरो पूर्ण विश्वास छ । यही विश्वास र अठोटका साथ मैले कर्णाली बाट केन्द्रीय सदस्यको उम्मेद्वारी दिएको छु ।

तपाईहरुको अमुल्य सुझावहरु समेट्दै र सहकार्य गर्दै पत्रकार महासंघ मार्फत केही उदाहरणीय काम गर्ने मेरो प्रतिबद्धता हो । त्यसकारण पटकपटक अरु लाई यो पटक मलाई भन्दै उम्मेदवारी दिएको समते बताउनुभयो ।
यो पटक प्रेस चौतारी नेपाल र प्रेस यूनियन को गठवन्धन भएको छ।

Next Post

३ खेलमा जित निकालेको सुदूरपश्चिमको पहिलो पराजय

२३ मंसिर २०८१, आईतवार १५:१६
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पहिलो पराजय भोगेको छ। तीन खेलमा जित निकालेको सुदूरपश्चिम आजको खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो। १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १ सय ३१ रनमै समेटिन पुगेको छ। चितवनले चार खेलमा तेस्रो जित हात पारेको छ। सुदूरपश्चिम […]