कर्णालीका नवनियुक्त ४ मन्त्री र एक जना राज्यमन्त्रीले लिए शपथ

  ।   १८ बैशाख २०८१, मंगलवार १९:५३

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन् । शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् । गत मंगलबार रनसिंह परिवारले सपथ लिएका थिए । उनलाई जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएको छ ।

यस्तै राज्यमन्त्री गोपता विकले पनि शपथ लिएकी छन् । कृषि मन्त्रीमा नियुक्त भएुका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएनन् । उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नदिएको भन्दै सपथ ग्रहण वहिस्कार गरेका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री भने मुख्यमन्त्री कँडेल आफैले राखेका छन् । आठ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमती भएको हो ।

Next Post

सल्यानमा आगलागीबाट ७ वटा घरगोठ जलेर नष्ट

१८ बैशाख २०८१, मंगलवार १९:५३
सल्यान / आगलागीबाट ७ वटा घरगोठ जलेर नष्ट भएका छन। सल्यानको छत्रेश्वरी गाउँपालिका ५ दियारगाउँ नजिकै रहेको महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा अहिलेसम्म ७ वटा कच्ची घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। छत्रेश्वरी गाउँपालिका ५ दियारगाउँका थल बहादुर घर्ती, मोहन वली, टोकाराम वली, प्रेम […]

सम्बन्धित शीर्षक