वीरेन्द्रनगरको घण्टाघरमा एनपीएलको लाइभ हेर्न पाइने

  ।   १० कार्तिक २०८३, सोमबार १३:३३

सुर्खेत। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उत्साह र रोमाञ्च वीरेन्द्रनगरमा पनि साटासाट गर्न पाइने भएको छ। एनपीएलका खेलहरू सामूहिक रूपमा हेर्ने व्यवस्था मिलाउँदै स्टिम इनर्जी ड्रिङ्क्सले वीरेन्द्रनगरस्थित घण्टाघरमा लाइभ प्रसारण गर्ने तयारी गरेको छ।

नेपाल क्रिकेट सङ्घ क्यान को आयोजनामा सञ्चालन हुने एनपीएलको तेस्रो संस्करणका खेलहरू घण्टाघरमा निःशुल्क हेर्न पाइने भएपछि स्थानीय क्रिकेटप्रेमीले आफ्नै सहरमा बसेर खेलको मज्जा लिन पाउने भएका छन्। खेलप्रतिको उत्साह बढाउन, दर्शकलाई एकै ठाउँमा भेला गराउन र आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्ने अवसर प्रदान गर्न लाइभ प्रसारणको व्यवस्था गर्न लागिएको हो।

स्टिम इनर्जी ड्रिङ्क्सका राकेश पौडेल ‘तिलक’ले एनपीएलको लाइभ हेर्न घण्टाघरमा उपस्थित भई कार्यक्रमलाई उत्साहजनक बनाउन सबै क्रिकेटप्रेमीलाई निमन्त्रणा गरेका छन्। उनले खेलको रोमाञ्च सामूहिक रूपमा अनुभव गर्न तथा आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न सबैलाई सहभागी हुन आग्रहसमेत गरेका छन्।

एनपीएलमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली खेलाडीसँगै अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप रोचक बनाउने छ।

वीरेन्द्रनगरको घण्टाघरमा गरिने लाइभ प्रसारणले स्थानीय युवादेखि क्रिकेटप्रेमीसम्मलाई एउटै स्थानमा भेला भएर खेल हेर्ने अवसर प्रदान गर्नेछ। यसले क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै खेलकुदमार्फत सामूहिक उत्साह र आपसी सद्भाव अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने छ।

एनपीएलको रोमाञ्च आफ्नै सहरमा बसेर अनुभव गर्न चाहने सुर्खेतवासीका लागि घण्टाघरमा हुने लाइभ प्रसारण आकर्षणको केन्द्र बन्ने विश्वास र आयोजकले सबैलाई कार्यक्रममा सहभागी भई खेलको उत्साह बढाउन र आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न आग्रह गरेका छन्।

Next Post

कविता - विराजमान श्रीपेच

१० कार्तिक २०८३, सोमबार १३:३३
कविता- विराजमान श्रीपेच सौम्यताको विराजमान श्रीपेच नझुकोस भन्ने ठानेर मनोहर सिंहासनको सुन्दरता कायम राख्न रातो माटो लिपिएको हो सेतो कमेरोले पोतिएको छ शीतलताको होडबाजीले उछिनपाछिन नगरुन भनेर रोपिएको छ वर पिपल पुस पुग्नु भन्दा पहिले बोलाइएको हो घाम किरण अध्यारो फल्नु अगावै आकाशे आउतमा छरी दिएको हो जुनतारा सौँराइका धरामा […]

सम्बन्धित शीर्षक