विपद् मा मध्यपश्चिम विश्वविद्यालयको साथ, तलबबाट उद्धार कोषमा सहयोग

  ।   १५ भाद्र २०८३, सोमबार २०:११

सुर्खेत । विपद् काे समयमा पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालयले आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।

विश्वविद्यालय कार्यकारी परिषद्को २०८३ साल भदौ १५ गतेको बैठकको निर्णयअनुसार उपकुलपति र रजिस्ट्रारको एक महिनाको तलबदेखि श्रेणीविहीन कर्मचारीको दुई दिनसम्मको तलब कट्टा गरी उद्धार कोषमा जम्मा गरिनेछ।

विश्वविद्यालयका रजिस्ट्रार डा. अर्जुनबहादुर अयडीद्वारा जारी सूचनामा विपत्मा परेका नागरिकप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विश्वविद्यालयले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोगको पहल गरेको जनाएको छ। साथै विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूलाई समेत स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न आग्रह गरिएको छ।

विश्वविद्यालयको यो निर्णयले प्राकृतिक विपत्तिको समयमा शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको दुःखमा साथ र सहयोगको हात बढाएको सन्देश दिएको छ।

Screenshot

Next Post

सुर्खेत बहुमुखी क्याम्पसमा राति ९ बजेसम्म प्राक्टिकल परीक्षा, विद्यार्थीको सुरक्षादेखि परीक्षा व्यवस्थापनसम्म प्रश्न

१५ भाद्र २०८३, सोमबार २०:११
जगदिश साही सुर्खेत । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा २०८३ /०८४ शैक्षिक सत्रअन्तर्गत प्रथम वर्षको नियमिततर्फको प्राक्टिकल परीक्षा साँझ अबेरसम्म सञ्चालन भएको विषय विवादमा आएको छ। विद्यार्थीहरूका अनुसार २०८३ भद्रौ ८ गते सञ्चालन गरिएको “भाषा तथा भाषाविज्ञानको आधार विषय” विषयको प्राक्टिकल तथा भाइभा परीक्षा साँझ करिब […]