अपडेट

कर्णाली प्रदेशमा सात हजार बढी आवास तथा भोजन सेवासँग सम्बन्धित होटल तथा रेष्टुरा सञ्चलनमा

  ।   २ असार २०८२, सोमबार २०:३६

सुर्खेत । कर्णाली प्रदेशमा सात हजार बढी आवास तथा भोजन सेवासँग सम्बन्धित होटल तथा रेष्टुरा सञ्चलनमा रहेका पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक राष्ट्रिय होटल तथा रेष्टुरा सर्वेक्षण २०८० को नतिजाले देशभर एक लाख ४२ हजार दुई सय २३ होटल तथा रेष्टुरा सञ्चलनमा रहदा कर्णाली प्रदेशभर सात हजार एक सय १० रहेको देखाउनु भयको छ ।

सोमबार राष्ट्रिय तथ्यांक कार्यालय काठमाण्डौंको आयोजना र तथ्यांक समन्वय कार्यालय सुर्खेतद्वारा जानकारी दिन आयोजित कार्यक्रममा तथ्यांक कार्यालयका निर्देशक पृथ्वी विजयराज सिजापतीले कर्णालीमा होटल क्षेत्रमा लगानी बढ्दै गएको बताउनु भयको छ।

अन्य प्रदेशको तुलनामा कर्णालीमा होटल व्यवसायमा कम लागनी देखिएपनि निराश हुनुपर्ने अवस्था नरहेको उहाँले बताउनु भयको छ। उनका अनुसार कर्णाली प्रदेशभर होटल तथा रेष्टुरामा कार्यरत व्यवसायी तथा साझेदारहरु, वेतलवी पारिवारिक सदस्य र तलवी रोजगार व्यक्तिको संख्या १५ हजार ६ सय ९३ छ ।

कर्णालीमा सञ्चालित होटल तथा रेष्टुराका कारण एक हजार ६ सय ९४ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको निर्देशक सिजापतीले बताउनु भयको छ। सर्वेक्षण अनुसार कर्णालीमा होटल क्षेत्रमा रोजगारी गर्नेले मासिक ३३ करोड ६७ लाख रुपैयाँ पारिश्रमिकवापत पाउने गर्रनु भयको छ । यस्तै, कर्णालीमा आवास तथा भोजन सम्बन्धि सेवा क्षेत्रमा नौ अर्ब २७ करोड एक लाख लागनी छ भने, कर्णालीका होटल तथा रेष्टुराको स्थायी सम्पत्ती ११ अर्ब एक करोड ७९ लाख रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले जोखिम मोलेर भएपनि निजि क्षेत्रले कर्णालीमा होटल क्षेत्रमा लगानी गरिरहेको बताए । कर्णाली प्रदेश पर्यटनका हिसावे निकै ठुलो सम्भावना बोकेको क्षेत्र रहेको उल्लेख गर्दै यहाँका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने नीति सरकारले लिए कर्णालीको निजि क्षेत्र ठुलो लगानी गर्न आतुर रहेको  उहाँले बताउनु भयो ।

यसका लागि प्रदेश सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए । काठमाण्डौंबाट कर्णालीमा होटल व्यवसाय नै छैनन् भनेर हेरिने दृष्टिकोण सही नभएको शाहीले तर्क गरे । संघीय सरकारले कर्णालीमा सञ्चालन गर्न लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आवासको अभाव देखाउँने नभई अवसर दिए खेलाडी, प्रशिक्षक र अतिथिलाई पूर्ण सन्तुष्ट बनाएर पठाउने जिम्मा आफुले लिने  उहाँले बताउनुभयो।

 

Next Post

जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना

२ असार २०८२, सोमबार २०:३६
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका गए राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लुत १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी […]