सान्नि त्रिवेणी साबिक  रकु नागरिकको माग: कालिकोट प्रशासनबाटै सेवा उपलब्ध गराउन आग्रह

  ।   १६ बैशाख २०८३, बुधबार १५:२२

कालिकोट । सान्नि त्रिवेणी गाउँपालिका वडा नं. १, २ र ३ का नागरिकहरूले सेवा प्रवाहमा देखिएको असहजताप्रति ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय कालिकोट मा ज्ञापनपत्र बुझाएका छन्।

साविक रकु गाविस अन्तर्गतका स्थानीयहरू हाल प्रशासनिक सेवा लिन रास्कोट स्थित इलाका प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ। भौगोलिक दूरी, यातायातको सीमित पहुँच र बढ्दो खर्चका कारण सेवाग्राहीहरू समस्यामा परेका छन्।
ज्ञापनपत्रमार्फत नागरिकहरूले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता, सिफारिस, प्रमाणपत्रलगायतका सम्पूर्ण प्रशासनिक सेवा उपलब्ध गराउन माग गरेका छन्।

स्थानीय बासिन्दाहरूले भने, “सामान्य सेवा लिन पनि टाढा जानुपर्दा समय, श्रम र आर्थिक भार बढेको छ। जिल्ला प्रशासन कार्यालयबाटै सेवा पाए सहज हुने थियो।”

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले नागरिकका मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।
यस कदमले दुर्गम क्षेत्रका नागरिकलाई सेवा सहज बनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।

Next Post

कविता ` उठ्नु छ ऐँठन बनी ´

१६ बैशाख २०८३, बुधबार १५:२२
कविता `उठ्नु छ ऐँठन बनी´ ऐँठन भइ बिउँझेर पुग्नु छ गुराँस फुलेको वनमा टिपेर फर्किनु छ थोरै बतास वायुपंखी सवारमा उमेरको छाया भइ सुस्केरा हाल्दै थकानका सुकाउनु छ पुरानो बिस्कुन भरी गर्दै अगेनाको मुख तुषारो खोजेर जोडी दिनु छ दौँतरीको पुरानो साइनो पर्खाइमा बसेर हेर्नू छ वायुपंखीको सवारमा गुराँस फुलाएर […]