कविता `उठ्नु छ ऐँठन बनी´
ऐँठन भइ बिउँझेर
पुग्नु छ गुराँस फुलेको वनमा
टिपेर फर्किनु छ थोरै बतास
वायुपंखी सवारमा
उमेरको छाया भइ
सुस्केरा हाल्दै थकानका
सुकाउनु छ पुरानो बिस्कुन
भरी गर्दै अगेनाको मुख
तुषारो खोजेर जोडी दिनु छ
दौँतरीको पुरानो साइनो
पर्खाइमा बसेर हेर्नू छ
वायुपंखीको सवारमा
गुराँस फुलाएर आएको
बतास बोकेर पुगेको
पर्खनु पर्ने भयो जोडी आँखाले
बैँसको नजरमा
अगेनाको काखमा तुषारो बनी
सुन्नु छ न्यानो इतिहास
फेरी
बोकेर इतिहासको कुम्लो
पठाउला कोदालाको बस्तीमा
भनुला ए कोदालाहरु
भयो अब त खन्नु पर्दैन
गडाको आली
फुटाउनु छैन बाटुल्लो डल्लो
फुटेपछी डल्लाहरु
ताछिएपछी आलीहरु
दुखेर बस्नु पर्छ
चाक्लो आउतलाई
दुखेर बस्नु भनेको
कोदालाहरु औधी खुसी हुनु हो।
✍️ दीर्घ बहादुर शाही(डोक्काघरे)






