कविता ` उठ्नु छ ऐँठन बनी ´

  ।   २५ बैशाख २०८३, शुक्रबार २१:०१

कविता `उठ्नु छ ऐँठन बनी´

ऐँठन भइ बिउँझेर
पुग्नु छ गुराँस फुलेको वनमा
टिपेर फर्किनु छ थोरै बतास
वायुपंखी सवारमा
उमेरको छाया भइ
सुस्केरा हाल्दै थकानका
सुकाउनु छ पुरानो बिस्कुन
भरी गर्दै अगेनाको मुख
तुषारो खोजेर जोडी दिनु छ
दौँतरीको पुरानो साइनो
पर्खाइमा बसेर हेर्नू छ
वायुपंखीको सवारमा
गुराँस फुलाएर आएको
बतास बोकेर पुगेको
पर्खनु पर्ने भयो जोडी आँखाले
बैँसको नजरमा
अगेनाको काखमा तुषारो बनी
सुन्नु छ न्यानो इतिहास
फेरी
बोकेर इतिहासको कुम्लो
पठाउला कोदालाको बस्तीमा
भनुला ए कोदालाहरु
भयो अब त खन्नु पर्दैन
गडाको आली
फुटाउनु छैन बाटुल्लो डल्लो
फुटेपछी डल्लाहरु
ताछिएपछी आलीहरु
दुखेर बस्नु पर्छ
चाक्लो आउतलाई
दुखेर बस्नु भनेको
कोदालाहरु औधी खुसी हुनु हो।

✍️ दीर्घ बहादुर शाही(डोक्काघरे)

Next Post

कर्मचारी मिलन केन्द्र कालीकोटद्वारा भित्तेपात्रो विमोचन तथा स्वागत कार्यक्रम

२५ बैशाख २०८३, शुक्रबार २१:०१
कालिकोट । कर्मचारीहरूबीच आपसी सद्भाव, समन्वय र सहकार्यलाई थप मजबुत बनाकर्मचारीउने उद्देश्यले कर्मचारी मिलन केन्द्र कालिकोटको आयोजनामा नव वर्ष २०८३ सालको भित्तेपात्रो विमोचन तथा वितरण कार्यक्रम भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष अबिराज शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकोट […]

सम्बन्धित शीर्षक