भेरीगंगा जेसीजद्वारा भित्तेपात्रो विमोचनसँगै नेतृत्व विकास तालिम सम्पन्न

  ।   १३ बैशाख २०८३, आईतवार १४:५०

सुर्खेत । भेरीगंगा जेसीजले २०८३ सालको भित्तेपात्रो विमोचन तथा नेतृत्व विकास तालिम एकै दिन आयोजना गरी सम्पन्न गरेको छ। कार्यक्रम नगर प्रमुख यज्ञप्रसाद ढकाल को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने विशेष अतिथिका रूपमा नवराज उपाध्याय को उपस्थिति रहेको थियो।

कार्यक्रममा भित्तेपात्रो विमोचन गर्दै प्रमुख अतिथि ढकालले जेसीजले समाजमा सकारात्मक सोच, सुशासन प्रवर्द्धन तथा युवाको नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले जिम्मेवार नागरिक उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विशेष अतिथि उपाध्यायले जेसीज अभियान युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने सशक्त माध्यम भएको बताउँदै भेरीगंगा जेसीजले सञ्चालन गरिरहेका सिर्जनात्मक तथा प्रभावकारी कार्यक्रमहरूको प्रशंसा गर्नुभयो।

सोही अवसरमा आयोजित नेतृत्व विकास तालिममा युवाहरूलाई नेतृत्व सीप, निर्णय क्षमता, टिमवर्क, सञ्चार कला तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमले सहभागीहरूलाई आत्मविश्वासी र जिम्मेवार नेतृत्वकर्ताको रूपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

भेरीगंगा जेसीज वर्ष २०२६ का अध्यक्ष श्याम  परियारको अध्यक्षतामा भएको कार्यक्रममा परियारले भित्तेपात्रो विमोचन र नेतृत्व विकास तालिम कार्यक्रममार्फत संस्थाले वर्षभरि सञ्चालन गर्ने सामाजिक अभियान, जनचेतनामूलक गतिविधि तथा सुशासन प्रवर्द्धनका योजनाहरू सार्वजनिक गरेको छ। भेरीगंगा जेसीजले आगामी दिनमा पनि यस्ता सकारात्मक, प्रभावकारी र समाजमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Next Post

निर्माण क्षेत्र संकटमा, मूल्यवृद्धि र अभावले काम ठप्प हुने खतरा

१३ बैशाख २०८३, आईतवार १४:५०
सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघ ले इन्धन तथा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र अभावका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ। महासंघका महासचिव मानव बमले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय डिजेल, पेट्रोल, मट्टीतेल लगायतका इन्धन तथा सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा […]