ट्रकसँग मोटरसाइकल ठोक्किँदा ५५ वर्षीय आचार्यको मृत्यु

  ।   १६ कार्तिक २०८३, आईतवार १९:११

सुर्खेत । दैलेखमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य रहेका छन्।

आइतबार गुराँस गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडकखण्डमा सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकमा सोही दिशाबाट गइरहेको क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार आचार्य गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

सम्बन्धित शीर्षक