कालिकोट । जन्मदिनको अवसरमा असाय गरिब घरपरिवारका ३ जना बालबालिकालाई दस हजार बराबरको शैक्षिकसामग्री बितरण गरिने भएको छ । कालिकोट जिल्लाको शुभकालिका गाँउपालिका वडा नम्बर ७ सेरागाँउ कि भगवती देवकोटा भट्टराईले शैक्षिकसामग्री बितरण गर्ने भएकि हुन ।
माघ १६ गते आज परेको जन्मदिनको अवसरमा सोहि वडा का तिन जना दर्सना बि क को छोरा डेबिट बि .क. , पदमकला बि .क. कि छोरी यलिना बि.क. र शान्ती परियार कि छोरी सपना परियार गरि तिन जनालाई दश हजार बराबरको शैक्षिकसामग्री बितरण गरेर उहाँहरुलाई बि पि मल्टिपल एकेडेमि बिरेन्द्रनगर नगरपालिका , ४ यरिचोकमा एकजना दलित महिलालाई कम्प्युटर बेसिक र डिप्लोमा निशुल्क अध्ययनको लागि सहयोग गर्ने घोषणा गर्नुभयको हो ।
भट्टराईल भन्नुभयो हामिले नयाँ नेपाल सम्बिृद्ध र सुखि नेपालिको जति सुकै परिकल्पना गरेतापनि पिछडियका तथा पछाडि पारियका गरिब, कमजोर वर्ग जहिले सम्म शिक्षित हुदैँनन् उनिहरुको मानसीकतामा परिवर्तन हुदैँन तव सम्म हामिले सम्बिृद्ध र सुखि नेपालिको परिकल्पना गर्न नसक्ने भन्दै आफुले शिक्षा र आर्थिक जन्मदिनको अवसरमा सहयोग गरेको बताउनुभयो ।
शुभकालिका गाँउपालिका वडा नम्बर ७ को सहहकार्यमा भट्टराईले सो सहयोग गर्न लागेको बताउदैँ आफु काम विषेशले काठमाडौं रहेको काम सक्किय लगत्तै गाँउमा गएर उक्त सहयोग गर्ने समेत बताउनुभयो ।