रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु, २५ जना घाईते

  ।   २३ कार्तिक २०८१, शुक्रबार १८:३२

सुर्खेत । सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रि भई दुर्घटनामा परेको गुराँस गाउँपालिकाका वडा नं. ८ का वडाध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी २५ जना घाईते भएका छन् ।

वडाध्यक्ष वलीका अनुसार घाईते २५ जनाको उद्दार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

Next Post

जुम्लामा जारी फुटबल खेल फाइनल लागि भोलि दुई टिम भिड्दै

२३ कार्तिक २०८१, शुक्रबार १८:३२
जुम्ला । दलित सेवा संघ जुम्ला शाखाद्वारा आयोजना र जिल्लाका केही युवाहरूको समन्वयमा भईरहेको जिल्ला व्यापी रुपमा खुला दलित पुरुष फूटबल प्रतियोगिताको आज पाचौं दिनमा सेमिफाइनल खेल सञ्चालन टुडिखेल खेल मैदानमा भइरहेको छ । सेमिफाइनल खेल आज बिहान देउती कैलाश युवा क्लब कुडारी र लायन युवा क्लब भण्डारीबाडा बीच भएको […]