कालिकोट । खाँडाचक्र नगरपालिका–३, ताडीमा यस वर्ष दोस्रो पुरमल शाही स्मृति कप पुरुष भलिबल प्रतियोगिता असोज १२ गतेदेखि सुरु हुने भएको छ। साबिक मान्म गाविसका उप–प्रधान तथा समाजसेवी स्व। पुरमल शाहीको सम्झनामा आयोजना हुँदै आएको यो प्रतियोगितामा खाँडाचक्र नगरपालिकाका सबै ११ वडाबाट टिमहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम जनजीवन माध्यमिक विद्यालय ताडीमा बिहान १० बजे हुने छ।
पुरस्कार
विजेता स् कप, मेडल, प्रमाणपत्रसहित नगद रु ३०,०००,उपविजेता स् कप, मेडल, प्रमाणपत्रसहित नगद रु २०,००० टिम दर्ता शुल्क रु १,००० निर्धारण गरिएको छ भने टिम दर्ताको अन्तिम मिति २०८२ असोज ११ गतेसम्म रहनेछ।
सम्पर्क लक्ष्मण कुमार शाही (संयोजक) – ९८४८३५८०५२, धिरज शाही – ९८६१२१९२५९, मिलन शाही – ९७६५२२७० मा सिधै सम्पर्क गरेर अनलाइन आवेदन दिन सकिने आयोजक समितिले जनाएको छ ।
पहिलो स्मृति कपको इतिहास
गत वर्ष ९२०८१ असोज २२–२४० सम्पन्न पहिलो स्मृति कप पुरुष भलिबल प्रतियोगितामा खाँडाचक्र–६ विजयी बनेको थियो। विजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता खाँडाचक्र–५ ले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको थियो। उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि डिलबहादुर शाहीले हात पारेका थिए।
खेल र समाज
भलिबल कर्णाली प्रदेशमा लोकप्रिय खेलका रूपमा फैलिँदै गएको छ। स्थानीय स्तरमै आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडीलाई अवसर प्रदान गर्नुका साथै सामुदायिक एकता, भाइचारो र अनुशासनलाई बलियो बनाउन मद्दत पुर्याइरहेको आयोजक समितिको भनाइ छ।








