सुर्खेत । दैलेख बजारको एक ग्यारेजबाट आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित एक मोटरसाइकल ग्यारेजबाट अन्य पसलहरुमा आगो सल्किएरको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास अहिले भइहेको छ ।