सुखेत । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्धघाटन भएको छ । राज्यको सम्पुर्ण क्षेत्रमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरौं भन्ने मुल नाराका साथ प्रदेशको प्रथम अधिवेशन देबि ओलिको अध्यक्षता र चन्द बहादुर शाहीको प्रमुख आथित्यतामा उद्धघाटन भएको हो ।
पार्टी केन्द्रय सचिव तथा कर्णली प्रदेश इन्चार्ज कार्यक्रम प्रमुख अतिथी चन्द बहादुर शाहीले लोगतन्त्र र गणतन्त्र पछि पनि महिलाका हक अधिकार अझै पुर्ण रुपमा सुनक्षित नभएको बताउनु भयो । महिलाका अधिकार प्राप्त सुनक्षित गर्नका लागि महिलाले थप आन्दोलन गर्न पर्ने र महिला अझ सक्रिय हुन आबस्यक रहेको बताउनु भयो ।
तेस्तै (अनेमस) केद्रिय उपाध्यक्ष तथा कर्णाली इन्चार्ज कार्यक्रम बिशेष अतिथी बिजया बिष्टले अहिलेको अबस्थामा हामि महिलाले गाँउ -गाँउमा अहिले पनि पुरानै रुढिबाजिमा रही काम गदै आइरहेको र तेसको अन्यका लागि उक जुट हुन आबस्यक रहेको बताउनु भयो ।
कार्यक्रममा कर्णली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले मुलुकलाई सुशासन नागरिकलाई रोजगारि चाहियको छ त्येसका लागि आन्दोलनको खाचो रहेको सबैले यसको आवाज निकाल्न पर्ने र विशेष गरि महिलाले नेतित्यो गर्नु पर्ने बताउनु भयो ।
सो कार्यक्रममा अतिथी कृष्ण बिसि, केदार कडेल ,नन्दा चपाइ , कल्यनी खड्का , प्रदेश सचिव धिर बहादुर बिष्ट लगायतले महिलाका लागी पार्टी एक ढीक्का भएर लाग्नु पर्ने जस्ता मन्तव्य राख्नु भएको छ ।
कार्यक्रम (अनेमस) सचिब धन कुमारी जिसि शाहीले संचालन गर्नुभएको हो भने स्वागत मन्त्यव्य प्रेम कुमारी बुढाले राख्नुभयको हो ।