सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कर्णाली प्रदेशबाट ३० जनालाई केन्द्रीय सदस्य चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो ।
केन्द्रीय सदस्य वसन्त कुमार विश्वकर्माले बैठकले २ सय ५१ केन्द्रीय सदस्य मनोनितमा कर्णाली प्रदेशबाट ३० जनालाई केन्द्रीय सदस्य चयन गरेको बताउनुभयो । तेस्तै सुर्खेत जिल्लाबाट केदार कुमार कंडेल, नन्दा शर्मा चपाई, वसन्त कुमार विश्वकर्मा , जंग राना दैलेख जिल्लाबाट सावित्री मल्ल , जंग वहादुर शाही जाजरकोट जिल्लाबाट कृष्ण वहादुर वि सी। , कमान वहादुर खड्का सल्यान जिल्लाबाट उदय वहादुर वोहरा, लोक वहादुर डांगी,भद्रसिं बुढा मगर, शारदा परियार, हरि के। सी। , प्रेमा अधिकारी रूकुम पश्चिमबाट देबी ओली र विमल कुमार पुन जुम्ला जिल्लाबाट तिर्थ वहादुर बुढा र पदम वहादुर रोकाया डोल्पा जिल्लाबाट धन वहादुर बुढा र हरि प्रसाद डांगी कालिकोट जिल्लाबाट तुलाराज सिम्खाडा, विजया विष्ट, विश्वराज बम मुगु जिल्लाबाट धर्म वहादुर शाही र जयानन्दा रावल हुम्लाबाट लोक वहादुर हमाल, शिवराज शर्मा , हस्त वहादुर शाही, प्रेमकला शाही , प्रेमा लामा रहेका छन् । अब १८ पदाधिकारी छनोट गरिने समेत जानकारी दिनुभयो ।
असार १६ देखि २० गतेसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो । अब केन्द्रीय कमिटी ३ सय ४४ सदस्यीय बनेको छ ।
पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको विश्वकर्माले बताउनुभयो ।
आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने जनाइएको छ ।