अपडेट

दोश्रो जनआन्दोलन पश्चात लोकतन्त्र स्थापना

  ।   ११ बैशाख २०८२, बिहीबार २०:२०

सुर्खेत । २०६२ चैत २४ गते शुरु भएको दोश्रो जनआन्दोलनको सफलताले गर्दा नेपाल अधिराज्यको तत्कालिन संविधान २०४७ बमोजिम २०५९ जेठ ८ गते विघटन भएको प्रतिनिधि सभा पूनस्थापना भएको पनि १८ वर्ष पुरा भएको छ । २०६३ बैशाख ११ गते राजा ज्ञानेन्द्रले प्रतिनिधि सभा पूनस्थापना गरे पछि त्यहि प्रतिनिधि सभाले जे गर्यो ति सब जनताका चाहना बमोजिम भन्नु भन्दा दलहरुका चाहना बमोजिम मात्र भएको हो ।

राजाको सो घोषणाका पृष्ठभूमिमा हेर्दा बैशाख ६ गते भारतले दल र राजा बिच समन्वय गर्ने उद्देश्यले दरवार निकट रहेका डा। करण सिंहलाई पठाएका थिए । उनकै प्रयासमा बैशाख ८ गतेको राजाको शाही सन्देश आएको पनि थियो । सो सदेशमा आन्दोलनरत सात दललाई सरकार बनाउने आग्रह गरिएको थियो । यस सन्देशको तत्काले आन्दोलनरत दलहरुलाई बिभिन्न अन्तराष्ट्रिय कुटनैतिक समुह तथा राजदूतावासले राजाको आग्रह स्विकार गरेर सरकार बनाउन दवाव दिइए पनि जनआन्दोलन नरोकिए पछि भारतीय प्रतिनिधिहरु, दल तथा राजा बिच छलफल पछि पून राजाको दोश्रो शाही सन्देश आएको थियो ।

अन्तत २०६३ बैशाख ११ गते राति ११ बजे राजाको सन्देश नेपाल टेलिभिजन तथा रेडियो नेपालबाट प्रसारण भयो । जसले प्रतिनिधि सभा पुनः स्थापना भयो ।

लोकतन्त्र स्थापना भएको १९ वर्षको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू गरिदैछ ।

बसन्त बिश्वकर्मा केन्द्रिय कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टी

Next Post

कर्णालीका ४ जिल्लामा जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिए

११ बैशाख २०८२, बिहीबार २०:२०
सुर्खेत । प्रहरी प्रधान कार्यालय काठमाडौंले एक सय २१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गर्दा कर्णाली प्रदेशका पाँच जिल्लामा डिएपी तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् । कर्णाली प्रदेशका डोल्पा, जुम्ला, दैलेख, जाजरकोट प्रहरी प्रमुख र सुर्खेतका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी फेरिएका हुन् । प्रहरी प्रधान कार्यालय […]