महासंघका केन्द्रीय सदस्य (दलित) पदमा दर्नालको उम्मेदवारी

  ।   २४ मंसिर २०८१, सोमबार २०:३६

काठमाडौँ । गोरखापत्र दैनिकका पत्रकार तथा लेखक लक्ष्मण दर्नालले यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य (दलित) पदमा उम्मेदवारी दिएका छन् ।

पत्रकार दर्नालले अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रता, व्यावसायिक र स्वतन्त्र पत्रकारिता, श्रमजीवीको पेशागत हकहित र सुरक्षा, समावेशी पत्रकारिताको निम्ति आफूले उम्मेदवारी दिएको बताएका छन् ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दर्नाल हाल १४ बर्षदेखि ‘गोरखापत्र’ दैनिक पत्रिकामा कार्यरत छन् । २०६० सालदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय दर्नालले सुरुमा जागरण मिडिया सेन्टरबाट पत्रकारिता सुरु गरेका हुन ।

पत्रकारितामा स्नातकोत्तर ‘मास्टर डिग्री’ गर्नुभएका दर्नालद्धारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७­२०८० (सत्ता सङ्घर्षको इतिहास)’ चर्चित छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय महासचिवसमेत रहनुभएका पत्रकार दर्नालले लेख्नुभएको ‘संविधानमा दलित मुद्दा’, ‘जातीय भेदभाव तथा छुवाछूतका घटनामा मिडियाको दृष्टिकोण’, ‘सिंहदरवार गेट कब्जाको कमाण्डर उमादेवी वादी’ र ‘नेपालमा दलित महिलामाथि हुने हिंसाको अवस्था’ लगायत दर्जनभन्दा बढी अनुसन्धानमूलक पुस्तक बजारमा उपलब्ध छन् ।

 

Next Post

बाल पोषण अनुदानको सही प्रयोग गर्नुपर्छ सामाजिक विकास मन्त्री भण्डारी

२४ मंसिर २०८१, सोमबार २०:३६
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बाल पोषण अनुदानको सही प्रयोगका लागि अभिभावकहरूलाई सचेतिकरण गर्न आवश्यक रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको बाल पोषण अनुदान तथा अभिभावक शिक्षा सम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रममा मन्त्री भण्डारीले पोषण भत्ता सदुपयोगका लागि अभिभावक शिक्षा […]

सम्बन्धित शीर्षक