कालिकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटमा मालवाहक मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मिनि ट्रक दुर्घटना हुदाँ तिन जना घाईते भएका छन् । उक्त ट्रक सुर्खेत–जुम्ला सडक खण्ड पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा शनिवार दुर्घटना भएको हो ।
सुर्खेतबाट व्यापारीको समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१३ का ४१ वर्षीय चालक हुमबहादुर खड्काको मृत्यु भएको छ ।
कालीकोट जिल्ला ट्राफिक कार्यालय प्रमुख टोप बहादुर महताराका अनुसार मिनी ट्रकमा सवार सहचालक बुटवल उपमहानगरपालिका-१३ बस्ने ४० रामवहादुर विक, जुम्ला जान लागेकी तिलागुफा नगरपालिका -५ की ३७ वर्षीया एकुमाया उपाध्याय र उनकी ६ वर्षीया छोरी ग्रीष्मा घाइते भएका छन् ।
उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । घाइतेमध्ये सहचालक विकको ढाडमा गम्भीर चोट छ । ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ भने ट्रकको समान समेत पुरै क्षति भएको छ ।
चालकको शव पोष्टमार्टमको लागि कालीकोट अस्पताल मान्म ल्याइएको छ । सडक उकालो भएकाले चढ्न नसकेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
यो पनि हेर्नुहोला